बारले निकाल्यो आज सर्वोच्चमा घाइते हुनेको विवरण

बारले निकाल्यो आज सर्वोच्चमा घाइते हुनेको विवरण

नेपाल बार एशोसिएशनले प्रधानन्यायाधीश चोलेन्द्रसमशेर राणाले बिचौलिया र भिजिलान्ते प्रयोग गरेर कानुन व्यवसायीहरुमाथि दमन गर्न खोजेको आरोप लगाएको छ । भर्खरै विज्ञप्ति सार्वजनिक गर्दै बारले आजको घटनामा प्रधानन्यायाधीशलाई जिम्मेवार ठहर्याएको हो ।

पञ्चायतको अन्त्य हुँदा प्रतिकार समिति गठन गरी जनतामाथि गरिएको दमनकै शैलीमा राणाले शान्तिपूर्ण धर्नामा बसेका कानुन व्यवसायीमाथि आक्रमण गराएको बारको ठहर छ । राणाको निर्देशनमा हतियारधारी सुरक्षाकर्मी अदालतभित्र छिराएर कानुनकर्मीलाई कुटपिट गरेको बारको ठोकुवा छ ।‘प्रधानन्यायाधीशले विभिन्न बिचौलिया,भिजिलान्तेहरुको प्रयोग गरी २०४६ सालमा पञ्चायतको अन्त हुँदा ताका प्रतिकार समिति गठन गरी लोकतन्त्रप्रेमी न्यायप्रेमी जनताविरुध्द प्रयोग गरेकै शैलिमा विभिन्न हत्कण्डाहरु गरिआएको र आजको शान्तिपूर्ण विरोधसभामा प्रधानन्यायाधीशको ठाडो आदेशमा हतियारसहितका सुरक्षाकर्मीहरु अदालतभित्रै प्रवेश गराई शान्तिपूर्ण कार्यक्रममा रहेका कानून व्यवसायीमाथि अत्याधिक बल प्रयोग र हातपात गर्दा हाम्रा कानून व्यवसायीहरु नेबाए पूर्व उपाध्यक्ष वरिष्ठ अधिवक्ता डा. कुमार शर्मा आचार्य,नेबाए उपाध्यक्ष अधिवक्ता रक्षा बस्याल, नेबाए महासचिव अधिवक्ता लीलामणि पौडेल,नेबाए पूर्व केन्द्रीय सदस्य रमणकुमार कर्ण, अधिवक्ता मुकुन्द भट्टराई लगायतका कानून व्यवसायीहरु घाइते हुनु भएको छ’, बारले भनेको छ ।

शान्तिपूर्ण कार्यक्रममा रहेका कानून व्यवसायीमाथि अत्याधिक बल प्रयोग र हातपात गर्दा हाम्रा कानून व्यवसायीहरु नेबाए पूर्व उपाध्यक्ष वरिष्ठ अधिवक्ता डा. कुमार शर्मा आचार्य,नेबाए उपाध्यक्ष अधिवक्ता रक्षा बस्याल, नेबाए महासचिव अधिवक्ता लीलामणि पौडेल,नेबाए पूर्व केन्द्रीय सदस्य रमणकुमार कर्ण, अधिवक्ता मुकुन्द भट्टराई लगायतका कानून व्यवसायीहरु घाइते हुनु भएको छ’

महासचिव अधिवक्ता लीलामणि पौडेलद्वारा जारी विज्ञप्तिमा प्रधानन्यायाधीश राणालाई विसंगति,बिचौलिया र भ्रष्टाचारको पृष्ठपोषण गरेको आरोप लगाइएको छ । आजको घटनाले आक्रोशित भएको बारले राणाविरुद्ध थप कठोर कदम चाल्न बाध्य हुने चेतावनी पनि दिएको छ ।

विज्ञप्तिमा भोलि सर्वोच्चका कुनैपनि इजलासमा बहस नगर्ने जानकारी गराउँदै न्यायाधीशलाई समेत प्रधानन्यायाधीशले तोक्ने वा तोकेका इजलासमा नबस्न अपिल गरिएको छ । साथै सम्पूर्ण कानून व्यवसायीहरुलाई बारको कार्यालयमा उपस्थित हुन पनि भनिएको छ ।

प्रधानन्यायाधीश राणाको राजीनामा माग्दै दुई सातादेखि आन्दोलनमा रहेको बारका सदस्यहरु पूर्वघोषित कार्यक्रम अन्तर्गत आज सर्वोच्चमा धर्ना बस्न गएका थिए । शान्तिपूर्ण धर्नामा बसेका कानून व्यवसायीलाई प्रहरीले बल प्रयोग गरेर हटाउन खोजेपछि झडप भएको थियो । झडपको क्रममा प्रहरीको कुटाइबाट आधा दर्जन वकिल घाइते भएको भन्दै बारले आन्दोलनलाई अझ कडा बनाउने चेतावनी दिएको हो ।

टिप्पणीहरू