माले पनि चितवनमै,राजीनामा सो को मुखमै

माले पनि चितवनमै,राजीनामा सो को मुखमै

महाधिवेशनको मुखैमा रहेको सीपी मैनालीको पार्टी नेकपा मालेबाट राजीनामा दिएर हिंड्नेहरु बढ्न थालेका छन् । एमालेकै हाराहारी तिथि पारेर सीपी मैनालीले सट्याकसुटुक चितवनमै महाधिवेशन गर्न लागेका छन् । सो को पूर्वसन्ध्यामा पार्टी पोलिटव्युरो,केन्द्रीय कमिटी सदस्यका साथै पाँच जनाले राजीनामा दिएका छन् ।

नेकपा माले स्रोतले जनआस्थालाई दिएको जानकारीअनुसार,पर्सि २७ कार्तिकमा भरतपुरको नारायणी कला मन्दिरमा महाधिवेशनको आयोजना गरिएको छ जुन तीन दिनसम्म चल्नेछ । सोही महाधिवेशनको मुखमा केन्द्रीय सदस्य शंकर पोखरेलले राजीनामा दिएका हुन् ।

तनहुँका नेता पोखरेल ०५२ सालमा बाल अखिलको जिम्मेवारी सम्हाल्दै मालेवादी विद्यार्थी राजनीतिक जीवनकालदेखि करिव २६ बर्ष सीपीसँग सहकार्य गरेका नेता हुन् । पार्टी नेतृत्वको गलत कार्यनीतिका कारण मालेको सबै पदीय जिम्मेवारी र पार्टी सदस्यता समेतबाट उनले राजीनामा दिएका छन् । शंकरले आफ्नो राजीनामा पत्र केन्द्रीय कार्यालय सचिव महेन्द्र शाहमार्फत पार्टी केन्द्रलाई बुझाएका छन् ।

उनीसहित पोलिटब्यूरो सदस्य एवं खोटाङका पूर्वसांसद कुलप्रसाद फुयाँलसहित तीन जनाले राजीनामा दिएका छन् । पार्टी नेतृत्वप्रति असहमति जनाउँदै पूर्वसांसद फुयाँल, केन्द्रीय सदस्य श्यामराज राई र कारीप्रसाद यादवले पार्टीको सदस्य र सम्पूर्ण जिम्मेवारीबाट मुक्त हुने गरी राजीनामा दिएका हुन् ।

टिप्पणीहरू