महिला श्रमिकलाई अल्पकालीन रोजगारी दिइने
नेपाल पर्यटन बोर्डले पर्यटन क्षेत्रमा आबद्ध महिला श्रमिकलाई अल्पकालीन रोजगारी कार्यक्रम सञ्चालन गर्ने भएको छ । कोभिडका कारण बेरोजगार बनेका महिला श्रमिकका लागि बोर्डले अल्पकालीन रोजगारको व्यवस्था गर्न लागेको हो ।
महामारीका कारण बेरोजगार बनेका महिलाहरुको जीविकोपार्जनमा राहत पुग्ने विश्वासका साथ बोर्डले पर्यटन क्षेत्रलाई चलायमन गराउने दाबी गरेको छ । कार्यक्रममा सहभागी हुनेले उपत्यकाभित्रका पर्यटकीय क्षेत्रको सरसफाई, पैदलमार्गमा रहेका पुलको मर्मतसम्भार, पैदलमार्गका सिँढी मर्मतसम्भार लगायतका काम गर्नुपर्नेछ ।
अल्पकालीन रोजगार कार्यक्रममा भाग लिन चाहने महिला श्रमिकहरुले कात्तिक मसान्तसम्म आवेदन बुझाइसक्नु पर्नेछ । इच्छुकले निवेदनसँगै नागरिकता प्रमाणपत्रको प्रतिलिपि, पर्यटन मजदुर खुल्ने परिचयपत्रको प्रतिलिपी र बैंकको खाता नम्बर अनिवार्य उल्लेख गर्नुपर्नेछ ।
हाललाई एक सय जनालाई प्रदान गरिने उक्त रोजगार कार्यक्रमबाट श्रमिकले प्रत्येक दिन एक हजार रुपैयाँ ज्याला पाउने बताइएको छ ।
टिप्पणीहरू