प्रधानन्यायाधीशको पक्षमा माइतीघरमा पलेटी कसियो

प्रधानन्यायाधीशको पक्षमा माइतीघरमा पलेटी कसियो

प्रधानन्यायाधीश चोलेन्द्र शमसेर राणामाथि मनगढण्ते आरोप लगाइएको भन्दै १०० समूहले माइतीघरमा धर्ना दिएको छ । कपोलकल्पित र अनैतिक तरिकाले लगाइएको आरोपका आधारमा न्यायालय ध्वस्त गर्न पाईंदैन भन्दै उनीहरुले पलेटी कसेका हुन् ।

१०० समूहका संयोजक बब्लु गुप्ता, हाम्रो टिम नेपालका संयोजक विमल पन्त, सामाजिक अभियन्ता तारा बराल, मनिश श्रेष्ठ, वीर गोर्खालीका संयोजक नगेन्द्र देउजालगायत झण्डै दुई दर्जन प्रदर्शनकारीले प्लेकार्ड बोकेर धर्ना दिएका छन् ।

प्लेकार्डमा लेखिएको छ– एनसेललाई ६१ अर्ब तिराउने चोलेन्द्र हाईहाई, पैसा खाएर न्यायालय ध्वस्त पार्न खोज्ने बाईबाई, कानुनी सर्वोच्चता कायम गर, नागरिकको न्याय रोक्न पाईंदैन ।

आज बिहान उक्त समूहले सर्वोच्चको गेट अघिल्तिर प्रधानन्यायाधीशको समर्थनमा नारा लगाउँदा नेपाल बारका कानुनव्यवसायीहरुसँग घम्साघम्सी परेको थियो । त्यहि आरोपमा तारा बराललगायतलाई प्रहरीले केही बेर नियन्त्रणमा लिएको थियो ।

टिप्पणीहरू