बन्दले देश बन्दैन : विवेकशील साझा

बन्दले देश बन्दैन : विवेकशील साझा

नेपाल आयल निगमले इन्धनको मूल्य वृद्धि गरेको बिरोधमा विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले आज नेपाल बन्दको कार्यक्रम राखेको छ । बिहानैदेखि देशभर बन्दको आंशिक प्रभाव परेको छ । बन्दका कारण सवारी साधन, उद्योगधन्दा, शिक्षण संस्था छिटफुटरुपमा मात्र सञ्चालनमा आएका छन् ।

सरकारलाई दबाब दिन आयोजना गरिएको नेपाल बन्दको पनि बिरोध भएको छ । आजै विवेकशील साझा पार्टीका संयोजक मिलन पाण्डेको नेतृत्वमा ‘बन्दले देश बन्दैन’ भन्दै माइतीघर मण्डलामा बिरोध प्रदर्शन भएको छ ।

विवेकशील साझाले आज बिहान प्लेकार्डसहित बन्दको बिरोध गरेको हो । प्रदर्शनमा सहभागीहरुले व्यवसायीको व्यवसाय गर्ने अधिकार वञ्चित नगर, बन्दले देश बन्दैन, विद्यार्थीको विद्यालय जाने अधिकार वञ्चित नगर, श्रमजिवीको श्रम गर्ने अधिकार वञ्चित नगर, मूल्यवृद्धि नियन्त्रण गर तथा नेपाल खुल्ला छ लगायतका नारा लगाएका थिए ।

टिप्पणीहरू