अध्यक्षको निधनमा उपमहानगर बन्द
बुटवल उप–महानगरपालिकाले वडा अध्यक्षको निधनमा शोक बिदा दिएको छ । उपमहानगरले ३ नम्बर वडा अध्यक्ष लालप्रसाद बस्यालको निधनमा उपमहानगरका सम्पूर्ण सेवाहरु आज एक दिनका लागि बन्द गरिएको जनाएको हो ।
वडा अध्यक्ष बस्यालको हिजो आफ्नै घरको शौचायमा लडेर मृत्यु भएको थियो । बुटवल क्षेत्रका पाका कम्युनिष्ट कार्यकर्ता तथा स्थानीय तहको निर्वाचनमा वडा नम्बर ३ बाट अध्यक्ष बस्याल निर्वाचित हुनु भएको थियो ।
टिप्पणीहरू