अरुण परियोजनामा मजदुरको ज्यान गयो

अरुण परियोजनामा मजदुरको ज्यान गयो

अरुण तेस्रो जलविद्युत आयोजनामा कार्यरत एक भारतीय मजदुरको मृत्यु भएको छ । मृत्यु हुनेमा भारत मध्यप्रदेशका ४५ वर्षीय मुगेरीलाल सिंह हुन् ।

उनी सङ्खुवासभाको चिचिला गाउँपालिका–३, सोलाखानीस्थित अडिट ३ मा निर्मार्णाधीन ९ सय मेगावाट क्षमताको अरुण तेस्रो जलविद्युत आयोजनामा काम गर्दै आएका थिए ।

गए राति सुरुङभित्र काम गर्ने क्रममा ढुंगा लागेर सिंह घाइते भएका थिए । उपचारका क्रममा जिल्ला अस्पतालमा मृत्यु भएको हो । घटनाबारे थप अनुसन्धान भइरहेको डिएसपी लालध्वज सुवेदीले जानकारी दिनुभएको छ ।

आयोजनामा सुरुङभित्र काम गर्ने मजदुरलाई सुरक्षा सामग्री उपलब्ध नगराइएका कारण जोखिमपूर्ण अवस्थामा काम गर्न बाध्य हुनु परेको अन्य मजदुरको गुनासो छ ।

टिप्पणीहरू