एमसीसी विरोधीहरु याक एण्ड यतितिर सोझिए
नेकपा बिप्लवनिकट जनवर्गीय संगठन इन्चार्ज चिरन पुनको नेतृत्वमा एमसीसी विरोधकर्ताहरु एमसीए कार्यालय घेराउतर्फ लागेका छन् । अमेरिकी सहयोग परियोजना राष्ट्रको लागि घातक भएको र नेपालका सत्तारुढ दलहरुले विभिन्न रणनीति बनाएर एमसीसी पारित गर्न खोजेको आरोप लगाउँदै उनीहरु एमसीए कार्यालय याक एण्ड यति होटेलतिर लागेका हुन् ।
नेकपा क्रान्तिकारी माओवादी, नेकपा मसाल,नेकपा एमाले, वैज्ञानिक समाजवादी कम्युनिस्ट पार्टी नेपाल,राष्ट्रिय जनमोर्चा नेपाल, देशभक्त जनतान्त्रिक मोर्चा नेपालको संयुक्त आयोजनामा अहिले उक्त कार्यालय घेराउ गर्न लागिएको छ । कमलादी मोडमा भेला भई सम्झौता खारेजीको मागसहित करिब चार दर्जन नाराबाजीका साथ एमसीए कार्यालयतर्फ प्रस्थान गरेका छन् ।

टिप्पणीहरू