अक्सिजन कहिले पत्ता लाग्यो ?
मानिस मात्रै होइन,सबै प्राणीलाई आवश्यक पर्ने अक्सिजन आजभन्दा अढाइ सय वर्षअघि पत्ता लागेको हो । सन् १७७२ मा स्वीडेनका रसायनशास्त्री कार्ल विल्हेम सिलेले हावामा अक्सिजन पत्ता लगाएका हुुन् ।
उनले पोटासियम नाइट्रेट,मर्क्युरिक अक्साइडलगायतका रसायनमा आगो लगाएपछि उक्त तथ्य निकालेका थिए । त्यसको दुई वर्षपछि सन् १७७४ मा बेलायती रसायनशास्त्री जोसेफ प्रिस्टलेले स्वतन्त्र ढंगले अक्सिजनको पुष्टि गरे ।
जोसेफले सन् १७७४ मा मर्क्युरिक एसिडलाई कुहाएपछि उत्पन्न हुने परिस्थितिमा अक्सिजन पत्ता लगाएका थिए ।
टिप्पणीहरू