किन लाग्छ मधुमेह अर्थात् चिनीरोग ?

मधुमेहलाई मेटाबोलिज्म विकारको रूपमा वर्गीकृत गरिएको पाइन्छ । यसलाई अंग्रेजीमा डायबिटिज, डायबिटिज मिलाइट्स वा डायबिटिज मलाइटस भनिन्छ भने नेपालीमा चिनीरोगले समेत चिनिन्छ ।

मेटाबोलिज्म भनेको हाम्रो शरीरले ऊर्जा बृध्दिको लागि पचाइएको खाना प्रयोग गर्ने प्रक्रिया हो । धेरैजसो खानेकुरा पछि ग्लुकोजमा रुपान्तरण हुन्छ । ग्लुकोज रगतमा हुने चिनीको एउटा स्वरूप हो । यो हाम्रो शरीरको लागि इन्धनको प्रमुख स्रोत पनि हो ।

हाम्रो खाना पचेपछि बन्ने ग्लुकोज रगतमा प्रवेश गर्छ । हाम्रा कोशिकाहरूले ऊर्जा र बृध्दिको लागि ग्लुकोजको उपयोग गर्छन् । यद्यपि, ग्लुकोज हाम्रो कोशिकाहरूमा इन्सुलिन उपस्थित नभएसम्म प्रवेश गर्न सक्दैन । इन्सुलिनले हाम्रा कोशिकाहरूलाई ग्लुकोज लिन सहयोग गर्छ ।

इन्सुलिन एक हार्मोन हो जुन प्याङ्क्रियाजले उत्पादन गर्छ । खाना खाएपछि प्याङ्क्रियाजले हाम्रो रगतमा रहेको ग्लुकोजलाई कोशिकाहरूमा पुर्याउन पर्याप्त मात्रामा इन्सुलिन पैदा गर्छ र रगतमा चिनीको मात्रा कम गरिदिन्छ ।

मधुमेह भएको व्यक्तिको शरीरले पर्याप्त इन्सुलिन उत्पादन नगर्ने हुँदा रगतमा ग्लुकोजको मात्रा धेरै बढेको अवस्था देखापर्छ । त्यसैलाई नै डायबिटिज अर्थात् चिनी रोग भनिन्छ ।

टिप्पणीहरू