साउदीको कडाइ, नेपाली दूतावासको आग्रह
कोरोना संक्रमण बढ्न थालेपछि साउदी सरकारले पुनः कडाइ गर्न थालेको छ । पछिल्ला दिनमा साउदी अरेबियामा कोरोना भाइरस संक्रमण तीब्र रुपमा फैलन थालेपछि त्यहाँको सरकारले कडाइ गरेको हो ।
आज बिहान ७ बजेदेखि लागू हुने गरी जारी गरिएको सूचनामा बाहिर निस्किँदा र कार्यस्थलमा अनिवार्यरुपमा फेस मास्क लगाउनु पर्ने भनिएको छ । यस्तै, कम्तीमा डेढ मिटरको भौतिक दूरी कायम गर्नुपर्ने नियम लागू भएको छ ।
त्यहाँस्थित नेपाली दूतावासले एक सूचनामार्फत सम्पूर्ण नेपाली श्रमिकलाई पछिल्लो नियमको पूर्णपालना गर्न गराउन अनुरोध गरेको छ । साउदी अरेबियामा केही हप्ता अघिसम्म दैनिक ३० भन्दा कम रहेको कोभिड–१९ संक्रमणदर फेरि बढ्न थालेको छ ।
तथ्यांकअनुसार दैनिक संक्रमणदर सात सयभन्दा माथि पुगेको छ । साउदी अरेबियामा ठूलो संख्यामा नेपाली श्रमिक कार्यरत छन् ।
टिप्पणीहरू