बन्दसत्र छाडेर माओवादी नेताहरु अर्कैतिर

बन्दसत्र छाडेर माओवादी नेताहरु अर्कैतिर

नेकपा (माओवादी केन्द्र) को स्थायी समिति बैठक सुरु भएको छ । आठौं राष्ट्रिय महाधिवेशनकै बीचमा कमलादीस्थित प्रज्ञा प्रतिष्ठानमा स्थायी समिति बैठक बसेको हो ।

समूहगत छलफलमा निश्कर्षको रूपमा पेस भएका धारणा र सुझावहरुको प्रष्टीकरणको तयारी हुँदै गर्दा स्थायी समिति बैठक बोलाइएको हो । आज अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले प्रतिनिधिले उठाएका प्रश्नको जवाफ दिने कार्यक्रम छ । प्रचण्डले जवाफ दिएपछि नयाँ नेतृत्व चयनका लागि निर्वाचन प्रक्रिया सुरु हुने जनाइएको छ ।

आजको स्थायी समिति बैठकमा पदाधिकारीमा सर्वसम्मत् बनाउने विषयमा छलफल हुने एक नेताले जानकारी दिए ।

टिप्पणीहरू