कोरोनाबाट जेष्ठ नागरिकहरु सिकिस्त

कोरोनाबाट जेष्ठ नागरिकहरु सिकिस्त

कोभिड १९ले ज्येष्ठ नागरिकहरुलाई पुनः सिकिस्त बनाउन थालेको छ । पछिल्लो समय ज्येष्ठ नागरिकहरु धेरैजसो कोरोनाको चपेटामा परेका छन् । केही दिनयता ६१ देखि ७० वर्षका उमेर समूहलाई कोरोनाले गाँजेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आज २० जना वृद्धवृद्धामा कोरोना संक्रमण पुष्टि भएको छ । त्यस्तै, ४८ जना युवायुवतीमा संक्रमण देखिएको छ । ११ देखि २० वर्षका २१ र १० वर्षमुनिका ७ जना संक्रमित थपिएका छन् ।

आज कोरोना संक्रमणबाट मुलुकभर दुई जनाको ज्यान गएको छ । पछिल्लो २४ घण्टाको अवधिमा दुई सय १६ जना संक्रमित थपिएका छन् । उक्त संख्या सात हजार छ सय ३१ जनामा परीक्षण गरिँदा पुष्टि भएको हो ।

यो अवधिमा दुई सय नौ जना संक्रमणमुक्त भएका छन् । मुलुकभर अझै चार हजार नौ सय ७१ जना सक्रिय संक्रमित छन् । हाल मुलुकभर कोरोना संक्रमण निको हुने दर ९८ प्रतिशत रहेको छ । कोरोनाबाट आजसम्म मृत्यु हुनेको संख्या ११ हजार पाँच सय ९६ पुगेको छ ।

काठमाडौंमा अझै एक सय चार जना सक्रिय संक्रमित छन् । भक्तपुरमा चार सय ९७ र ललितपुरमा पाँच सय ८९ जना संक्रमित छन् ।

टिप्पणीहरू