त्रिभुवन विश्वविद्यालयको ताला खुल्यो, शिक्षक र कर्मचारी खुल्ला प्रतिस्पर्धाबाट

त्रिभुवन विश्वविद्यालयको ताला खुल्यो, शिक्षक र कर्मचारी खुल्ला प्रतिस्पर्धाबाट

आन्दोलनरत संयुक्त विद्यार्थी संगठन र त्रिभुवन विश्वविद्यालयबीच सहमति भएको छ । उनीहरूबीच विभिन्न मागसहितको चार बुँदे सहमति भएपछि यसअघि लगाइएको ताला खुलेको हो ।

नेपाल विद्यार्थी संघ, माओवादी केन्द्र निकट (अखिल क्रान्तिकारी), नेकपा एस निकट (अनेरास्ववियु), समाजवादी विद्यार्थी युनियन, विप्लव निकट (अखिल क्रान्तिकारी) र त्रिवि वार्ता समितिवबीच सहमतिपत्रमा हस्ताक्षर भएको छ ।

त्रिविले आन्तरिक प्रतिस्पर्धाबाट शिक्षक, कर्मचारी पदपूर्ति गर्ने निर्णय कार्यान्वयन नगर्ने भएपछि विद्यार्थीहरू तालाबन्दी खोल्न राजी भएका हुन् ।

त्रिवि सभाले गरेको विशेष आन्तरिक खुला प्रतियोगिताबाट पदपूर्तिको गरिने निर्णयको सम्पूर्ण प्रक्रिया हाललाई कार्यान्वयन नगर्ने सहमति भएको छ । विश्वविद्यालयमा रहेका रिक्त दरबन्दीहरू समावेशी सिद्धान्तको आधारमा ६÷६ महिनामा खुल्ला विज्ञापन गरेर शिक्षक, कर्मचारी नियुक्ति गर्ने सहमतिपत्रमा उल्लेख छ ।

त्रिवि सभाको सिनेट बैठकले गत मंसिर १४ गते विशेष आन्तरिक प्रतिस्पर्धाबाट करारका शिक्षकलाई उपप्राध्यापकमा नियुक्ति गर्ने निर्णय गरेसँगै विद्यार्थी संगठनहरू आन्दोलनमा उत्रिएका थिए ।

टिप्पणीहरू