केएमसीविरुद्ध विद्यार्थी सडकमा उत्रिए

केएमसीविरुद्ध विद्यार्थी सडकमा उत्रिए

चिकित्सा शिक्षा आयोगले तोकेभन्दा बढी शुल्क लिन पाईंदैन भन्दै काठमाडौंस्थित काठमाडौं मेडिकल कलेजका विद्यार्थी सडकमा उत्रिएका छन् । राष्ट्रिय चिकित्सा शिक्षा ऐनविपरीत पठनपाठन शुल्क तोकेको शुल्क तोकेको भन्दै केएमसीका विद्यार्थीहरु एप्रोनसहित सडकमा उत्रिएका हुन् ।

ऐन विपरीत शुल्क लिन नपाइने भन्दै केएमसीका विधार्थीले माइतीघर मण्डलादेखि नयाँ बानेश्वरसम्म धर्ना दिएका छन् । अतिरिक्त शुल्क खारेज गर, विद्यार्थीको भविश्य सुनिश्चित गर, कलेज प्रशासन होशियार, आयोगको नियम लागू गर, दादागिरी बन्द गर, मेडिकल माफिया मुर्दावाद, हामीलाई न्याय चाहियो, लुटतन्त्र बन्द गर भन्दै उनीहरुले धर्ना दिएका हुन् ।

चिकित्सा शिक्षा आयोगले एमबिबिएस अध्यापनका लागि केएमसीलाई ४० लाख किस्ताबन्दीमा लिने गरी शुल्क निर्धारण गरेको छ । तर, केएमसीले भने विभिन्न शीर्षकमा २० लाख रुपैयाँ अतिरिक्त शुल्क माग गरेको विद्यार्थीहरुको आरोप छ । केएमसीमा एमबिबिएस अध्ययन गरिरहेको २४ औं ब्याचले धर्ना दिएको हुन् ।

टिप्पणीहरू