नोबल मेडिकल कलेजमा तालाबन्दी
विद्यार्थीहरुसँग महँगो शुल्क असुलेपछि विराटनगरस्थित नोबेल मेडिकल कलेजमा विभिन्न विद्यार्थी संघ संगठनहरुले तालाबन्दी गरिदिएका छन् । चिकित्सा शिक्षा आयोगको निर्देशन विपरित अतिरिक्त शुल्क असुलेको भन्दै उनीहरुले कलेजको प्रशासन फाँटमा हिजो तालाबन्दी गरेका हुन् ।
तालाबन्दी गर्दै विद्यार्थीहरुले आयोगले तोकेको शुल्कमा विद्यार्थीहरुलाई पठनपाठन गराउन २४ घण्टाको अल्टिमेटम दिएका छन् ।
अतिरिक्त शुल्क बुझाउने विद्यार्थीहरुलाई मात्र कलेजले पढाउने र पहिलो किस्ता वापतको १४ लाख ७८ हजार रुपैयाँ बुझाएका विद्यार्थीलाई नपढाउने गुनासो आएपछि मोरङका प्रमुख जिल्ला अधिकारी काशीराज दाहालले कलेज प्रशासनलाई छलफलको निम्ति बोलाइएको जानकारी दिनुभएको छ ।
जिल्ला प्रशासन कार्यालयले नोबेललाई पहिलो किस्ता बुझाएका सबै विद्यार्थीलाई पठनपाठन गराउन पुनः निर्देशन दिएको छ ।
टिप्पणीहरू