होला कृष्णनगरको सौन्दर्यकरण?
कपिलवस्तु जिल्लाको पर्यटकीय पूर्वाधार निर्माण, भन्सार क्षेत्र विकास तथा बजार सौन्दर्यकरणका लागि आयोजना स्वीकृत गर्न माग गरिएको छ ।
कृष्णनगर नगरपालिका नगरप्रमुख रजतप्रताप शाहले शहरी विकास तथा भवन निर्माण विभागसँग बजार सौन्दर्यकरणको माग गर्दै पत्र लेखेका छन् ।
कृष्णनगर नगरपालिका जिल्लाको सबैभन्दा पुरानो नगर रहेको जानकारी गराउदै नगरप्रमुखले यसको संरक्षणको माग गरेका हुन् । दक्षिण पश्चिम भेगमा भारतसँग जोडिएको कृष्णनगर बजार नगरपालिकाको शान भएको बताइएको छ ।
नगरपालिकाको सीमादेखि लगभग दुई सय मिटर पर भारतको बढ्नी रेल्वेस्टेशन रहेको र भारतको राजधानी नयाँ दिल्ली पुग्न रेलबाट बढीमा १२ घण्टा लाग्ने विषयलाई समेत पत्रमा उठाइएको छ ।
नेपाल घुम्न आउने पर्यटकको निम्ति पर्यटकीय पूर्वाधार नरहेको कृष्णनगर नगरपालिकामा पर्यटकीय पूर्वाधार निर्माण, बजार सौन्दर्यकरण तथा धेरै राजश्व संकलन हुने कृष्णनगर भन्सार क्षेत्र विस्तार तथा सौन्दर्यकरण गर्न आवश्यक आयोजना स्वीकृत गर्न नगर प्रमुख शाहको हस्ताक्षरित पत्रसहित आयोजना माग गरिएको हो ।
टिप्पणीहरू