पूर्वडिआइजी रमेश खरेलको पार्टीमा को-को अटाए ?
नेपाल प्रहरीका पूर्वडिआइजी रमेश खरेलले नेपाल सुशासन पार्टी (नेसुपा) दर्ता गरेका छन् । उनले निर्वाचन आयोगबाट दर्ताको प्रमाणपत्र पाएको उल्लेख गर्दै छिट्टै घोषणा सभामार्फत् दलको सिध्दान्त,विचार र उद्देश्यहरु जनतामाझ राख्ने बताएका छन् ।
सुशासन पार्टीको अध्यक्षमा खरेल आफैं छन् । उपाध्यक्षमा राजकुमार यादव,चन्द्रवीर नेम्वाङ्ग, गोविन्दप्रसाद रिजाल,शंकरलाल श्रेष्ठ र टुलराज बस्याललाई राखिएको छ । महासचिवमा गोविन्द गिरी,सचिवहरुमा यज्ञप्रसाद बस्याल, राजन चौलागाईं, विनयकुमार झा, अरुण शर्मा र पुष्पा खरेल भट्ट, कोषाध्यक्ष भक्तबहादुर श्रेष्ठ र सहकोषाध्यक्षमा मीनकुमार श्रेष्ठ छन् ।
केन्द्रीय सदस्यहरुमा गणेश घिमिरे, विनादेवी,प्रदीप चौधरी,अनिल पटेल, वासुदेव तिवारीलगायत ४७ जना रहेको बताइएको छ ।
टिप्पणीहरू