पुस लागेपछि गौरका विद्यालय बन्द

पुस लागेपछि गौरका विद्यालय बन्द

चिसो बढेपछि रौतहटको गौर नगरपालिकाभित्रका विद्यालय बन्द गरिएको छ । केही दिनदेखि जाडो बढेकाले विद्यार्थीहरुको स्वास्थ्यलाई ध्यानमा राख्दै नगरभित्रका सामुदायिक तथा संस्थागत विद्यालय चार दिनका लागि बन्द गरिएको हो । आजदेखि पुस ११ गतेसम्मका लागि विद्यालय बन्द गरिएको नगरपालिकाले जनाएको छ । 

सूचनामा उल्लेख छ, ‘यस नगरपालिका क्षेत्रभित्र सञ्चालित सम्पूर्ण सामुदायिक तथा संस्थागत विद्यालयहरुमा यस कार्यालयको मिति २०८२–०९–०७ गतेको प्रमुखस्तरीय निर्णायनुसार मिति २०८२–०९–०८ गते मंगलबारदेखि २०८२–०९–११ गते शुक्रबारसम्म वर्षे बिदाबाट कट्टा हुनेगरी जाडो बिदा दिइएको व्यहोरा अनुरोध छ ।’

टिप्पणीहरू