अध्यक्षका लागि दुई पूर्वअध्यक्ष भिड्ने

अध्यक्षका लागि दुई पूर्वअध्यक्ष भिड्ने

नेकपा एमाले तेह्रथुमको ११औँ अधिवेशनमा नयाँ नेतृत्वका लागि प्रदेशसभाका दुई माननीय प्रतिस्पर्धामा उत्रिने भएका छन् । पूर्वजिल्ला अध्यक्षसमेत रहेका लछुमन तिवारी र तेजमान कन्दङवाले फेरि अध्यक्षमा उम्मेदवारी घोषणा गरेका हुन् ।

तिवारी निर्वाचन क्षेत्र ‘क’ का प्रदेश सांसद हुन् भने कन्दङ्वा निर्वाचन क्षेत्र ’ख’ का सांसद् हुन् । तिवारी प्रदेश १ को पूर्वउद्योग वन तथा वातावरण मन्त्री पनि हुन् ।

यसअघि ६ वटै पालिकाहरु सर्वसहमत नेतृत्व चयन गरेको एमालेमा जिल्ला अध्यक्षका लागि भने सहमति जुट्न नसकेपछि माननीयद्वयको दावेदारी देखिएको हो । सहमतिमै नेतृत्व चयनका लागि प्रयास भइरहेका बेला उनीहरुले उम्मेदवारी घोषणा गरेका हुन् ।

सर्वसम्मत नयाँ कमिटी चयन गर्नेगरी प्रयास भइरहेको प्रचार विभाग प्रमुख तथा कार्यालय सदस्य छत्र रिमालले बताए ।

टिप्पणीहरू