राष्ट्रियसभा बैठक पनि रोकियो
आइतबारका लागि बोलाइएको राष्ट्रियसभाको बैठक स्थगित भएको छ । संसद् सचिवालयले सूचना टाँसेर पुस २७ गते बस्ने गरि बैठक स्थगित गरेको हो ।
आज सूचना जारी गर्दै सचिवालयले विशेष कारणवश बैठक दुई दिनपछि २७ गते मंगलबार अपराह्न १ बजेलाई निर्धारण गरिएको जानकारी दिएको छ ।
यसअघि पुस २२ गते डाकिएको प्रतिनिधिसभाको बैठक पनि पुस २८ गतेसम्मका लागि स्थगित गरिएको थियो ।
टिप्पणीहरू