बतासद्वारा दरबारभित्र बलजफ्ती बदमासी
नारायणहिटी दरबार संग्रहालयको हाताभित्र कफी सप खोल्ने काम अन्ततः रोकिने दिशातर्फ अघि बढेको छ । विवादास्पद बतास समूहको संलग्नतामा बि.म्यानेज्मेण्ट प्रा.लि.ले स्वच्छन्दतापूर्वक सार्वजनिक र ऐतिहासिक सम्पत्ति दोहन गर्दै अनाधिकृत निर्माण गरेपछि उक्त विषय नयाँ दिशातर्फ मोडिएको हो । आज दिउँसो ती अनाधिकृत भौतिक संरचना हटाइएको छ ।
राजालाई “हामीले तिमीलाई हटाएर गणतन्त्र ल्यायौँ,तिमी आफ्नो घर गएर बस,तिमीले उपभोग गरेको सम्पत्ति अब हामी जिम्मा लिन्छौं,सँरक्षण गर्छौंभनिसकेपछि त्यसरी जिम्मा लिएको सम्पत्ति आफ्नो हातको केकजसरी लुछाचुँडी गरी खानु भएन । त्यसो गर्नु पाप हो,लाज हो ।” मन्त्री प्रेम आलेले भनेका छन् ।
सम्भवतः आगामी हप्ता बतास समूहको उक्त कम्पनी क्षतिपूर्ति माग्दै अदालत जाने तयारी भएको स्रोत बताउँछ । उसले त्यही प्रयोजनको निम्ति आज दिउँसो समितिको माछापुच्छ्रे बैंक खातामा १३ लाख रुपैयाँ भाडावापत भनेर एकाएक जम्मा गरिदिएको छ ।
राजालाई “हामीले तिमीलाई हटाएर गणतन्त्र ल्यायौँ,तिमी आफ्नो घर गएर बस,तिमीले उपभोग गरेको सम्पत्ति अब हामी जिम्मा लिन्छौं,सँरक्षण गर्छौंभनिसकेपछि त्यसरी जिम्मा लिएको सम्पत्ति आफ्नो हातको केकजसरी लुछाचुँडी गरी खानु भएन । त्यसो गर्नु पाप हो,लाज हो ।” मन्त्री प्रेम आलेले भनेका छन् ।
यसअघि तत्कालीन केपी ओली सरकारको पालामा संग्रहालय हाताभित्र कफी सप खोल्न दिने निर्णय भएको हो । तर औपचारिक निर्णय भने सरकार,मन्त्रालय वा मन्त्रीले नभएर संग्रहालय विकास समितिको बोर्डले गरेको थियो । बोर्डका तत्कालीन अध्यक्ष तथा संस्कृति,पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सचिव केदारबहादुर अधिकारीको अध्यक्षतामा बसेको बोर्ड बैठकले उक्त निर्णय गरेको बताइन्छ ।
त्यतिबेलाको अवस्थालाई नजिकबाट नियालेका एक जना पूर्वप्रशासकले भने,‘०५८ साल जेठ १९ गते रातिको डिनर र दरबारले सँधै भोज आयोजना गर्ने ठाउँलाई कफी सप बनाउने भनिएको थियो । त्यहि ठाउँलाई भाडामा दिन सकिने कुरो मन्त्रालयमा समेत पटक पटक उठेको हो । तर,संग्रहालय समितिका कतिपयले त्यतिबेला नै बरु त्यसो नगरौंसम्म भने पनि कसैले कुरो सुनेनन् । समितिका जिम्मेवारहरुले मन्त्रालयको धेरै वटा बैठक र छलफलमा संग्रहालयको नियमानुसार भित्रै कफी पसल खोल्न हुँदैन भने पनि अरुले टेरपुच्छर लगाएनन् ।’
“सम्भवतः आगामी हप्ता बतास समूहको उक्त कम्पनी क्षतिपूर्ति माग्दै अदालत जाने तयारी भएको स्रोत बताउँछ । उसले त्यही प्रयोजनको निम्ति आज दिउँसो समितिको माछापुच्छ्रे बैंक खातामा १३ लाख रुपैयाँ भाडावापत भनेर एकाएक जम्मा गरिदिएको छ ।”
त्यतिबेलाका प्रधानमन्त्री,मन्त्री र सचिवहरु कुनै हालतमा क्याफ्टेरिया खोल्नुपर्ने अडानमा देखिएको उनको भनाइ छ । १२ वर्षअघि २०६६ सालमा निर्मित त्यहाँभित्रको रातो घरमा क्याफ्टेरिया खोल्न सकिन्छ भन्ने लाइनबाट कुरो भएको थियो । त्यसबेला समितिको बोर्डमा संस्कृति मन्त्रालयका सचिव अध्यक्ष हुने व्यवस्था थियो । पुरातत्व विभागका प्रमुख,अर्थ मन्त्रालयका सहसचिव र गृहका सहसचिव सदस्य एवम् समितिका कार्यकारी चाहिँ सदस्य सचिव थिए ।
सरकारी रवैया र परिस्थितिबारे बताउँदै संस्कृति मन्त्रालयकै एक जना अधिकारीले भने,‘शुरुदेखि नै संग्रहालयलाई सरकारले पर्याप्त बजेट दिएको थिएन । अर्थ र संस्कृति मन्त्रालयले कमाएर खाऊ, आम्दानीको स्रोत खोज भनेपछि भाडामा कफी सप खोल्ने निर्णय भएको हो ।’ त्यसपछि समितिको बोर्डले समेत स्रोत र बजेटको पर्याप्त विकल्प खोज्न कार्यकारीलाई अख्तियारी दिएको बताइन्छ । मन्त्रालयले बोर्डलाई पटक पटक आम्दानीको स्रोत खोज्नु भनेर दबाब दिइरह्यो । त्यही क्रममा बोर्डका अध्यक्ष तथा सचिव केदारबहादुर अधिकारीले क्याफ्टेरियाको टेण्डर गर्ने प्रस्तावलाई स्वीकृति दिनुभएको हो ।
“प्रधानमन्त्री पत्नी आरजू र पूर्व प्रधानमन्त्री केपी ओलीको नाम जोडेर जताततै राज्यको श्रोत,साधन कब्जा गर्ने बानी बसेका बतासले सहमतिमा संरचना बनाएको भए सम्भवत: अहिलेको लफडा नहुने धेरैको अनुमान छ ।”
त्यसपछि नारायणहिटी संग्रहालय परिसर र गणतन्त्र स्मारकको पूर्वपट्टी क्याफ्टेरियाको टेण्डर आह्वान गरियो । तर शुरुमा कसैको पनि टेण्डर परेन । त्यसपछि फेरि १५ दिनको म्याद थपियो । दोस्रो पटकको टेण्डरमा भने तीन वटा निवेदन पर्यो । तीमध्ये पोखराको आनन्द होटल र अरु दुई वटा कम्पनीले हालेका हुन् । तीमध्ये सबैभन्दा बढी कबोल गर्नेले टेण्डर पाएको समिति स्रोतले बताएको छ ।
क्याफ्टेरिया खोल्नु ठीक वा बेठीक जे भए पनि खोल्न दिइएको ठाउँ भने दरबारभित्रको सबैभन्दा फोहोर ठाउँ रहेको समितिका एक जना कर्मचारीले बताए । दरबारभित्रको ढल र फोहोर जम्मा हुने ठाउँ नजिकै तर,दरवार मार्गभरिका गाडी पार्किङ्ग गर्न सकिने सुविधासहितको क्याफ्टेरिया कौडीको भाउमा खोल्न दिइएको हो । टेण्डरको क्रममा निर्धारण गरिएको सरकारी रेट एक्मी इञ्जिनियरिङ कलेजले बनाएको थियो । ‘सबै कुरा पारदर्शी ढंगले गरेकै हो,’उनले भने ।
टेण्डर स्वीकृतिपछि गरिएको सम्झौतापत्रमा बि.म्यानेजमेण्टलाई दरबार क्षेत्रको हरियाली कायम गर्ने, मोटरसाइकल राख्ने दरबारको पुरानो लामो टहरोमा अस्थायी संरचना निर्माण गर्ने भनिएको छ । बि.म्यानेजमेण्टलाई संग्रहालयसँग समन्वय गरी अस्थायी संरचना निर्माण गर्ने र त्यसको भाडा संग्रहालयले तोकेबमोजिम हुने व्यहोरा लेखेर सम्झौता गरिएको थियो ।
बि.म्यानेजमेण्टको छाता कम्पनी बतास फाउण्डेशनले समन्वय नगरी फलामको स्टेजसमेत हालेर भटाभट फरक संरचना निर्माण गरेपछि विषयले नयाँ रुप लिएको हो । त्यसपछि संग्रहालय व्यवस्थापन समितिले त्यस्तो कार्य नगर्न अनुरोध गरे पनि उसले नटेरेको बताइन्छ । उसले सम्झौता विपरीत बलजफ्ती बदमासी गरेपछि अहिलेको खिचलो उत्पन्न भएको बताइन्छ । बाध्य भएर गत हप्ता समितिले निर्माण कार्य रोक्न लिखित पत्र थमाएको थियो ।
अहिले मन्त्रालयले जाँचबुझ समिति गठन गरेको छ । उसले रिपोर्ट बुझाउनुअगाडि नै ठेक्का दिने समितिले आज अवैध निर्माण संरचना हटाइदिएको छ । यसअघि गरिएको सम्झौतामा भाडादरको बारेमा चित्त नबुझे सम्झौता तोड्न सकिने व्यवस्था छ । त्यसैले पुससम्मको भाडा तिर्न समितिले बि. म्यानेजमेण्टलाई पत्र काटेको हो । सम्झौतामा उल्लेख गरिएकोभन्दा बढी स्थानमा संरचना बनाएकाले त्यसकोसमेत भाडा तिर्न भनिएको बताइन्छ । प्रधानमन्त्री पत्नी आरजू र पूर्व प्रधानमन्त्री केपी ओलीको नाम जोडेर जताततै राज्यको श्रोत,साधन कब्जा गर्ने बानी बसेका बतासले सहमतिमा संरचना बनाएको भए सम्भवत: अहिलेको लफडा नहुने धेरैको अनुमान छ ।
“दाहालकी आमा बिरामी परेको र छोराछोरीको बिहेको कारण २५ दिन घर बिदामा बसेको मौका छोपेर नगर भन्दाभन्दै हतार हतार रातारात पेलपालमै बतासले मनलाग्दीसङ्ग,जमिनको नाप जाँच बेगर निर्माणकार्य अघि बढाएको तलका कर्मचारीहरु बताउँछन् ।”
समितिले यसबीच संग्रहालय हातामा मोबाइल लकरसमेत स्थापना गरेको छ । लकरमा सामान राखेर संग्रहालय घुम्नेले आफ्नो सामान आफ्नै बूढी औंलाको छापमा खोल्ने र बन्द गर्ने गर्छन् । हाताभित्र विभिन्न बैंक तथा वित्तीय संस्थासँग समन्वय गरेर पार्कको स्तरोन्नतिसमेत गरिएको कर्मचारीहरुको दाबी छ ।
यसअघि छ बर्षसम्म पुरातत्त्व बिभागको महानिर्देशक रहेका दाहाललाई सरकारले विगतमा राम्रो कर्मचारी भनेर संग्रहालयको जिम्मेवारी दिएको हो । यसबीच दाहालकी आमा बिरामी परेको र छोराछोरीको बिहेको कारण २५ दिन घर बिदामा बसेको मौका छोपेर नगर भन्दाभन्दै हतार हतार रातारात पेलपालमै बतासले मनलाग्दीसङ्ग,जमिनको नाप जाँच बेगर निर्माणकार्य अघि बढाएको तलका कर्मचारीहरु बताउँछन् ।
टिप्पणीहरू