जाडोमा हाम्रो आँखाको नानी किन चिसो हुँदैन ?

जाडोमा हाम्रो आँखाको नानी किन चिसो हुँदैन ?

जाडो र चिसो मौसम शुरु भएसँगै मानिसले शरीरका विभिन्न भाग र अंग चिसो भएको महसुस गर्छन् । तर जति नै चिसो भए पनि आँखाको नानी भने चिसो हुँदैन ।

वास्तवमा हाम्रो आँखा अन्य अंगको तुलनामा धेरै सुरक्षित स्थानमा छ । आँखाको धेरैजसो भाग खोपडीभित्र हुने भएकाले पनि यो सुरक्षित हुन्छ । परेलाले आँखाको सुरक्षामा थप मद्दत गर्छ ।

रक्तनलीहरूले आँखालाई निरन्तर रगत पुर्याउँछन्,जसले निरन्तर न्यानोपनको सुनिश्चितता गर्दछ । यसले पनि आँखाको नानीलाई चिसो हुनबाट रोक्ने विज्ञहरु बताउँछन् ।

झिम्काउँदा आँशुमाथि धकेलिने भएकाले आँखा सँधै ओसिलोसमेत हुन्छ,सुख्खा हुन पाउँदैन ।

टिप्पणीहरू