चुनाव दैलोमै छिरेपछि ट्याङ्की बाँड्दै ‘कमरेड सनकबहादुर’

चुनाव दैलोमै छिरेपछि ट्याङ्की बाँड्दै ‘कमरेड सनकबहादुर’

काँग्रेस प्रतिनिधि दीपेन्द्रबहादुर डाँगीले वीरबहादुर केसी उर्फ ‘कमरेड सनकबहादुर’ लाई २०७४ सालतिर साडी बाँडेर चुनाव जितेको आरोप लगाउँदै आएका छन् ।

गंगादेव गाउँपालिका रोल्पाका अध्यक्ष वीरबहादुरलाई काँग्रेस प्रतिनिधि डाँगीले साडी बाँडेर चुनाव जितेको ‘बात’ लगाइरहँदा यसपटक अर्को आरोप थपिएको छ-‘कमरेड सनकबहादुर’ ले आउँदो चुनाव जित्न ट्याङ्की बाँडे ।

खल्तीमा दुइटा नागरिकता बोकेर स्थानीय सरकार हाँकिरहेका केसी स्थानीयस्तरमा कमरेड सनकबहादुरको उपनामले चिनिन्छन् । तिनै केसीले अर्काे चुनावलाई जोड घटाउ गरेर कपडा,ट्याङ्की, स्याउका बिरुवा, खसी बोका र चामलका बोरा बाँड्न थालेको एमाले–कांग्रेस कार्यकर्ताहरूको आरोप छ ।

अदुवा पकेट क्षेत्रका उपभोक्तालाई गंगादेव गाउँपालिका कृषि विकास शाखाको आर्थिक सहयोग र शीतल बस्ती अदुवा पकेट केन्द्र गंगादेव–५ स्याला रोल्पाको आयोजनामा हिल ट्याङ्की वितरण गरिएको प्रेस संयोजक कमरेड ‘परिवर्तन’ ले सामाजिक सञ्जालमार्फत जानकारी दिएका छन् ।

त्यसक्षेत्रका मतदाताले व्यापक गुनासो गरेपछि चुनावलाई लक्षित गरेर गाउँपालिका अध्यक्ष केसीको निर्देशन र वडाअध्यक्ष मानबहादुर डाँगीको उपस्थितिमा ४५ घरधुरीलाई एक–एकवटा सिचाईं ट्याङ्की बाँडिएको गाउँपालिकाका एक जना कर्मचारीले बताएका छन् ।

टिप्पणीहरू