कालीदह भिरबाट गुल्टिएर प्रणान्त

कालीदह भिरबाट गुल्टिएर प्रणान्त

तेह्रथुममा भिरबाट लडेर एक जनाको ज्यान गएको छ । फेदाप गाउँपालिका-१ मा स्थित कालीदल भिरबाट लडेर ५५ बर्षका लैनबहादुर लिम्बूको ज्यान गएको हो ।

डकर्मी कामका लागि लाम्थुङ्गा गएका लिम्बू घर फर्कने क्रममा भोगटेनीस्थित कालीदह भिरमा खसेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

आज बिहान अबेरसम्म लिम्बू घर नआएपछि परिवार र छिमेकीले खोजतलास गर्दा उनलाई मृत अवस्थामा फेला पारेको तेह्रथुम प्रहरीले जनाएको छ । उनको शव पोष्टमार्टमका लागि जिल्ला अस्पताल तेह्रथुममा ल्याइएको छ ।

टिप्पणीहरू