हलेसीमा विश्व शान्ति पूजा

हलेसीमा विश्व शान्ति पूजा

बौद्ध धर्मावलम्बीले खोटाङको त्रि–धार्मिकस्थल हलेसीमा विश्व शान्ति पूजा गरेका छन् ।

विश्वभरका प्राणी जगतको सुख, शान्ति तथा दीर्घायुको कामना गर्दै बौद्ध धर्मावलम्बीले धार्मिक तथा पर्यटकीयस्थल हलेसीमा सोमबारदेखि तीन दिनसम्म विश्व शान्ति पूजा गरेका हुन् । धर्मगुरु नाटा रिम्पोछेलगायत सय जनाभन्दा बढी बौद्ध धर्मगुरु लगायतले हलेसीको बसाहा गुफा नजिकै खेल मैदानमा पाल टाँगेर दैनिक पूजाआजा गरेका छन् ।

कोभिड–१९ को कहरका बीचमा स्वास्थ्य सुरक्षाको मापदण्डको पालना गर्दै नवौं विश्व शान्ति पूजा गरिएको हलेसी विश्वशान्ति पूजा समितिका सचिव पासाङ ग्याल्जेन शेर्पाले बताए । धर्मगुरु नाटा रिम्पोछेबाट अभिषेक प्रदान गर्दै हिजो विश्व शान्ती पूजा समापन गरिएको हो ।

कोभिडको महामारीका कारण केही वर्ष यता विश्व शान्ति पूजा हुन सकेको थिएन ।

टिप्पणीहरू