वीर अस्पतालको इमर्जेन्सीमा अर्काले थाले अनसन

वीर अस्पतालको इमर्जेन्सीमा अर्काले थाले अनसन

वीर अस्पतालको इमर्जेन्सी वार्डमा अर्का अनशनकारीले अनसन थालेका छन् । आफ्नै दाजुभाइले अंश नदिएको, अदालतले न्याय नदिएको र राज्यले पीडा नसुनेको भन्दै चितवनका अम्विका प्रसाद अधिकारी इमर्जेन्सीभित्रै अनसन बसेका हुन् ।

पुस १८ गतेदेखि माइतीघरको चिसो सडकमा विभिन्न माग राखेर भरतपुरका अधिकारीले अनसन थालेका हुन् । चिसो र अनसनले उनको स्वास्थ्यमा गम्भीर समस्या देखिएपछि हिजो साँझ अस्पताल लगिएको उनका सहयोगी देवराज आचार्यले बताएका छन् ।

५९ वर्षका अधिकारीले अशंबाट वञ्चित र अदालतबाट न्याय नपाएपछि राजधानीको सडक रोजेका थिए । उनको स्वास्थ्यमा देखिएको समस्याको उपचार थाले पनि अनसन भने जारी राखेको बताइन्छ ।

यसअघि अभियन्ता तारा बराल पनि सोही अस्पतालको इमर्जेन्सी र आईसीयुमा अनसन बसेकी थिइन् । पछि सरकारी अधिकारीहरुले बरालको मागको सुनुवाइ गर्ने लिखित वचन दिएपछि आईसीयुमा सम्झौता भएको थियो । उनले एमसीसी सम्झौता खारेज गर्नुपर्ने, प्रधानन्यायाधीश चोलेन्द्र समशेर राणाको विरुद्धमा कार्यक्रम गर्ने कानुन व्यवसायीहरुलाई कारबाही गर्नुपर्ने माग राखेकी थिइन् ।

टिप्पणीहरू