पोखरा उडेको जहाजको ढोका आकाशमै खुलेपछि
काठमाडौंबाट पोखरा उडेको गुण एयरलाइन्सको विमानको ढोका खुलेको छ । आज बिहान उडेको विमानको ढोका आकाशमै खुलेपछि तत्काल काठमाडौं फर्काइएको हो ।
विमानमा प्राविधिक गडबडी देखिएपछि तत्काल काठमाडौं विमानस्थलमा अवतरण गराइएको बताइएको छ । उडेको पाँच मीनेटमै ढोका खुलेको जानकारी प्राप्त हुनासाथ विमानलाई काठमाडौं विमानस्थलमा फिर्ता गरिएको गुण एयरलाइन्सका बजार व्यवस्थापक प्रज्वल थापाले जानकारी दिए । ‘विमानमा साधारण समस्या देखिएको हो,’उनले भने ।
उक्त विमानका यात्रुलाई गुणको अर्को विमानमा राखेर पोखरा पठाइसकिएको छ । ढोका खुलेको विमानको अहिले चेकजाँच गरिएको एअरलाइन्सले जनाएको छ ।
टिप्पणीहरू