पूर्वमाओवादीलाई अध्यक्ष दिएपछि एमालेमा बिद्रोह
एमाले रौतहटमा विवाद चर्किएको छ । प्रभू साहलाई खुशी पार्न पूर्वमाओवादी पक्षका नेतालाई जिल्ला नेतृत्व दिएको भन्दै पुराना एमालेहरुले विद्रोह गरेपछि त्यहाँ लफडा निम्तिएको हो ।
एमाले नवौं जिल्ला अधिवेशनले त्रिभुवन साहको अध्यक्षतामा १ सय ३५ सदस्यीय जिल्ला कमिटी सर्वसम्मत चयनकाे घाेषणा गरेको थियाे ।
तर,माओवादी छोडेर गत वर्षमात्रै एमाले प्रवेश गरेका स्थायी कमिटी सदस्य प्रभु साहनिकट त्रिभुवनलाई अध्यक्ष घोषणा गरिएकोमा पुराना एमाले नेता-कार्यकर्ताले त्यसलाई अस्वीकार गरेका छन् ।
“माओवादी छोडेर गत वर्षमात्रै एमाले प्रवेश गरेका स्थायी कमिटी सदस्य प्रभु साहनिकट त्रिभुवनलाई अध्यक्ष घोषणा गरिएकोमा पुराना एमाले नेता-कार्यकर्ताले त्यसलाई अस्वीकार गरेका छन् । “
साहले एकलाैटी रुपमा नयाँ नेतृत्व घाेषणा गरेकाे भन्दै निर्वतमान अध्यक्ष तुल्सीराज गिरी पक्षले अस्वीकार गरेकाे हाे । गिरीले ‘अध्यक्ष मन्डलद्वारा घोषित एकलौटी जिल्ला कमिटी अवैध’ भनेका छन् ।
‘अधिवेशनको हलले जिल्ला कमिटीलाई अनुमोदन गरेको छैन । साेमबार दिउँसाे ११ बजे गरुडा पार्टी कार्यलयमा उपस्थित हुनु हुन सम्पूर्ण प्रतिनिधि तथा पर्यवेक्षक कमरेडहरुलाई हार्दिक अनुरोध गर्दछु,’ नयाँ कमिटी घाेषणा अघिसम्म अध्यक्ष रहेका गिरीले आह्वान गरेका छन् ।
तर, प्रभुले भने अध्यक्षमा त्रिभुवन साह,उपाध्यक्षमा दिपक यादव, सचिवमा बालबिक्रम कार्की, उपसचिवमा पलट चौधरी र रुपेश पटेलसहित १ सय ३५ सदस्यीय जिल्ला कमिटी सर्वसम्मत चयन भएकाे जानकारी दिएका छन् ।
टिप्पणीहरू