आलमको मुद्दा न्यायाधीशद्वय कार्की र शर्माको इजलासमा

आलमको मुद्दा न्यायाधीशद्वय कार्की र शर्माको इजलासमा

रौतहट नरसंहारका आरोपी तथा नेपाली काँग्रेसका सांसद मोहम्मद अफताब आलमको मुद्दाको सुनुवाइ सुरु भएको छ ।

लामो समयदेखि स्थगित हुँदै आएको मुद्दा न्यायाधीशद्वय हरिकृष्ण कार्की र मनोजकुमार शर्माको संयुक्त इजलासमा अहिले सुनुवाइ भइरहेको छ । यसअघि आलमको मुद्दा कहिले हेर्न नमिल्ने त कहिले हेर्न नभ्याइनेमा पर्दै आएको थियो ।

२०६४ फागुन २७ गते आलमको घर नजिक बम बनाउने क्रममा बिस्फोट हुँदा ८ जना घाइते भएका थिए । घाइते सबैलाई नजिकैको इँटाभट्टामा जलाएको अभियोगमा रौतहट जिल्ला अदालतले आलमलाई पुर्पक्षका लागि थुनामा राख्न आदेश दिएको थियो ।

उक्त आदेशविरुद्ध आलम सर्वोच्च अदालत पुगे पनि पेशी निरन्तर सर्दै आएको थियो । निलम्बित सांसद आलमले आफू थुनामुक्त हुन पाउनुपर्ने माग गरेका छन् ।

टिप्पणीहरू