थापाथलीमा एमाले बैठक धमाधम
प्रमुख प्रतिपक्ष नेकपा एमाले केन्द्रीय कार्यालयको बैठक पार्टी मुख्यालय थापाथलीमा बसिरहेको छ । महासचिव शंकर पोखरेलको अध्यक्षतामा बसेको बैठकमा उपमहासचिव र सचिवहरू सहभागी छन् ।
उपमहासचिवत्रय प्रदीप ज्ञवाली, पृथ्वीसुब्बा गुरुङ र विष्णु रिमाल तथा सचिवहरू योगेश भट्टराई, गोकर्ण बिष्ट,टोपबहादुर रायमाझी, पद्मा अर्याल र छविलाल विश्वकर्मा बैठकमा सहभागी रहेको बताइएको छ । बैठकमा स्थानीय तहको निर्वाचन मितिबारे छलफल हुने एजेण्डा छ ।
एमाले विधानमा महासचिवको अध्यक्षतामा उपमहासचिव र सचिवहरु रहेको एक कार्यालय गठनको व्यवस्था छ । यसले केन्द्रीय कार्यालयबाट हुने दैनिक प्रशासनिक कामको नेतृत्व गर्छ ।
टिप्पणीहरू