वैज्ञानिकहरुको ठोकुवा,कोरोनाको औषधि वाइन

वैज्ञानिकहरुको ठोकुवा,कोरोनाको औषधि वाइन

बेलायतको बायोब्यांकले गरेको एक अध्ययनले वाइनले कोरोनाको जोखिम कम गर्नसक्ने देखाएको छ । वैज्ञानिकहरुले गरेको अध्ययनमा रेड वाइन कोभिडको लागि सबैभन्दा बढी प्रभावकारी हुने देखिएको हो । साथै,सेतो वाइन र स्याम्पेनले पनि कोरोनाको जोखिम केही हदसम्म कम गर्न सक्ने उनीहरुले बताएका छन् ।

यता,बियर र साइडर पिउनेहरुमा कोभिड संक्रमणको जोखिम अन्य कुनै मदिरा नपिउनेहरुको तुलनामा अत्यन्तै धेरै रहेको पाइएको हो । अध्ययनका अनुसार मदिरा नपिउनेको तुलनामा रेड वाइन पिउनेहरुमा कोभिड–१९ को जोखिम १० देखि १७ प्रतिशत कम हुन्छ ।

त्यस्तै, ह्वाइट वाइन या स्याम्पेन सेवन गर्नेहरुमा चाहिँ संक्रमणको जोखिम ७ देखि ८ प्रतिशत कम हुने गर्दछ ।अर्कोतर्फ बियर र साइडर पिउने मानिसहरुमा चाहिँ कोभिडको जोखिम केही नपिउनेको तुलनामा २८ प्रतिशतले बढी रहेको पाइएको हो ।

यस निष्कर्षका लागि ‘पोलिफेनोल’ नामक तत्वको भूमिका प्रमुख हुन सक्ने वैज्ञानिकहरुको भनाइ छ । पोलिफेनोलले एन्टिअक्सिडेन्ट गुण दिन्छ र यसकारण नै मदिराहरुमा पनि रेड वाइनले कोभिडको जोखिम सबैभन्दा कम गराउने पाइएको उनीहरुले बताए ।

त्यसैले हप्तामा एकदेखि दुई ग्लाससम्म वाइन या स्याम्पेन पिउने गर्नुले कोभिड हुने जोखिम वास्तवमै कम गराउन सक्ने अध्ययनमा देखाइएको छ ।

टिप्पणीहरू