आईजीपीलाई ‘एमसीसीको त्राश’

आईजीपीलाई ‘एमसीसीको त्राश’

जागिर सकिएपछि अर्को अवसरको आश छ । तर, पुरानो जिम्मेवारीको आखिरीमा कुरा बिग्रिहाल्छ कि भन्ने त्रास पनि उत्तिकै १ यो स्थितिमा छन्, सशस्त्र आइजिपी शैलेन्द्र खनाल ।

यतिबेला दिल्ली पुगेका छन्, घाँटीको उपचारका नाममा । उपचार गराउने भनेर आइतबार दिउँसो साढे तीन बजेको जहाजबाट उनी त्यसतर्फ लागेका हुन् । तर, गृहका हाकिम फणिन्द्रहरू आइजी साँच्चैको बिरामी भएर गएका हुन् कि बहानामात्रै पारेका हुन् भन्नेमा प्रष्ट छैनन् ।

यदि बिरामी नै हुन् र अपरेशनसम्मको सम्भावना हो भने परिवारका सदस्य पनि साथ लैजानुपर्ने । परिवार काठमाडौंमै छन् । उनीसँग सशस्त्रका जनरल फिजिसियन डिएसपी रोशन झा पनि गएका छन् ।

जबकि, यदि कुनै किसिमको अपरेशन गर्नुपर्ने भयो भने नेपालकै अस्पतालले पनि परिवारको स्वीकृतिबिना केही चलाउने गर्दैन । यसअघि प्रधानसेनापति प्रभुराम शर्मा घाँटीको थाइराइड बढेपछि उत्पन्न पत्थरीको उपचार गराउन परिवारसहित दिल्ली गएका थिए ।

शैलेन्द्र जानुअघि २६ गते बस्ने संसद बैठकमा अमेरिकी सहायता परियोजना एमसिसी टेबुल हुने चर्चा थियो । त्यसका नाममा देशमा हंगामा चल्ने सम्भावना पनि उत्तिकै हो ।

यदि त्यसो भयो भने सुरक्षाको जिम्मेवारी लिनुपर्ने हुन्छ । चैत २७ सम्म बाँकी जागिर सकेर त्यसपछि फेरि राजदूतका रुपमा अर्को करिअर शुरु गर्ने सपना छ ।

यस्तो बेला अनेकौँ झमेलामा किन पर्ने भनी उनी हाललाई १ हप्ताको छुट्टी मिलाएर भारत उडेको गृहस्रोतले जनाएको छ ।

टिप्पणीहरू