एमाले अध्यक्ष ओली आज थापाथलीबाट बोल्ने

एमाले अध्यक्ष ओली आज थापाथलीबाट बोल्ने

प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले)ले आजदेखि चुनाव लक्षित औपचारिक कार्यक्रम शुरु गर्ने भएको छ । स्थानीय तह निर्वाचनको मिति घोषणासँगै चुनाव तयारी केन्द्रित कार्यकर्ता प्रशिक्षण कार्यक्रम तय गर्ने निर्णय गरेको एमालेले आज औपचारिक उद्धघाटन गर्न लागेको हो ।

चुनावको तयारी केन्द्रित प्रशिक्षण र अभिमुखीकरण कार्यक्रमको आयोजना गरेको प्रचार विभाग उपप्रमुख विष्णु रिजाल बताएका छन् । उनका अनुसार अपरान्ह १ बजे केन्द्रीय कार्यालय, थापाथलीवाट अध्यक्ष केपी शर्मा ओलीको भर्चुअल सम्वोधनमार्फत कार्यक्रम सुरु हुनेछ ।

कार्यक्रममा पार्टी केन्द्रिय कमिटीका पदाधिकारी र सदस्यहरु, प्रदेश कमिटीका पदाधिकारीहरु, संघीय सांसदहरु, प्रदेश सभा सदस्यहरु तथा जिल्ला कमिटीका पदाधिकारीहरु एवम् प्रशिक्षणका लागि तोकिएका प्रशिक्षार्थीहरु सहभागी हुनेछन् ।

टिप्पणीहरू