पाँचथरमा आगोले झण्डै ८० लाख क्षति

पाँचथरमा आगोले झण्डै ८० लाख क्षति

पाँचथरमा गएराती भएको आगलागीबाट झण्डै ८० लाख बराबरको क्षति भएको छ । कुम्मायक गाउँपालिकाको केन्द्र यासोक बजारमा रहेको एक घरमा आगलागी हुँदा उक्त परिमाणमा क्षति भएको प्रहरीले बताएको छ ।

हिजो राति साढे ७ बजे झरेन्द्र खतिवडाको घरमा लागेको आगोबाट एक घरसहित पाँचवटा पसल जलेका थिए । उक्त आगो चार घण्टापछि नियन्त्रणमा आएको जिल्ला प्रहरी कार्यालय पाँचथरका कार्यालय प्रमुख राकेश थापाले जनआस्थालाई बताए ।

जानकारीअनुसार स्थानीय,प्रहरी तथा जिल्ला प्रहरी कार्यालय पाँचथर र फिदिम नगरपालिकाको दमकल प्रयोग गरेर आगो नियन्त्रणमा ल्याइएको थियो ।

आगलागीबाट भएको क्षति यकिन नभएपनि आगलागीमा परेका पसल सञ्चालकहरुले बताएअनुसार ७० देखि ८० लाखको क्षति भएको प्रहरी प्रमुख थापाले बताए ।

टिप्पणीहरू