एमाले नगए पनि २ बजे सभामुखकोमा अरु दलको बैठक

एमाले नगए पनि २ बजे सभामुखकोमा अरु दलको बैठक

सभामुख अग्निप्रसाद सापकोटाले परिवर्तित परिस्थितिवारे छलफल गर्न डाकेको सर्वदलीय बैठक एमालेको बहिष्कारका वावजुद आज दिउँसो २ बजे सिंहदरवारस्थित संसद सचिवालयमा बस्ने भएको छ ।

संसदमा प्रतिनिधित्व गर्ने सबै दललाई औपचारिक रुपमा बैठकमा बोलाइएको तर एमालेले सामाजिक सन्जालमार्फत भाग नलिने खबर सार्वजनिक गरेको सभामुखका प्रेस सल्लाहकार श्रीधर न्यौपानेले जानकारी दिए ।

सत्ता गठबन्धनका सांसदले हिजो प्रधानन्याधीश चोलेन्द्रसमशेर जबराविरुद्ध महाभियोग प्रस्ताव दर्ता गरेपछि मुलुकको राजनीति तरंगित भएको छ । प्रमुख प्रतिपक्षी एमालेले महाभियोग प्रस्ताव षडयन्त्रको भूमरीबाट आएको भन्दै ओलीद्वारा बिघटित प्रतिनिधिसभा ब्युँताउने हिजोदेखिका कामु प्रधानन्यायाधीश दिपक कार्कीसहित अन्य ४ न्यायाधीशलाई समेत महाअभियोग लगाउने भनिसकेको छ । यस्तै एमाले संसदीय दलको बैठक पनि केही बेरमा बस्नेगरी डाकिएको छ ।

टिप्पणीहरू