७२ लाख खर्चेर गाडी किन्दै बागमती सरकार

७२ लाख खर्चेर गाडी किन्दै बागमती सरकार

बागमती प्रदेश सरकारले झण्डै ७२ लाख खर्चेर नयाँ गाडी किन्ने भएको छ । मन्त्रालय टुक्राएर जम्बो मन्त्रिपरिषद् बनाएको सरकारले गाडी किन्ने भएको हो ।

मुख्यमन्त्री तथा मन्त्रिपरिषद्का लागि ७१ लाख ७५ हजारको गाडी किन्न बोलपत्र पनि स्वीकृत भएको छ । अढाइ महिनाअघि बोलपत्र आह्वान गरेको मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले हिजो बोलपत्र स्वीकृत गरेको हो ।

हार्ड टप जीप खरिदको ठेक्का अग्नि इन्कर्पोरेटेड प्रालि काठमाडौंले पाएको छ ।

१४ मन्त्रालय रहेको बागमतीमा १८ सदस्यीय मन्त्रिपरिषद् छ ।

टिप्पणीहरू