एमालेले चार जना न्यायाधीशविरुध्द महाभियोग प्रस्ताव नल्याउने
एमाले स्थायी कमिटी सदस्य शेरबहादुर तामाङले आफ्नो पार्टी प्रधानन्यायाधीशविरुध्दको महाअभियोग प्रस्तावलाई लिएर द्वन्द्व बढाउने पक्षमा नरहेको बताएका छन् । नयाँबानेश्वरस्थित संसद भवनमा पार्टी संसदीय दलको बैठकमा सहभागी हुन पुगेका उनले महाभियोग प्रस्तावलाई लिएर एमाले द्वन्द्व बढाउने पक्षमा नरहेको बताएका हुन् ।
कांग्रेस,माओवादी केन्द्र,नेकपा (एकीकृत समाजवादी) का सांसदले हिजो प्रधानन्यायाधीश चोलेन्द्र समशेर राणाविरुद्ध संसद सचिवालयमा महाभियोग प्रस्ताव दर्ता गरेका थिए । त्यसपछि उत्पन्न परिस्थितिका बारेमा छलफल गर्न अहिले एमाले संसदीय दलको बैठक बसिरहेको छ ।
‘सांसदहरूको हस्ताक्षर संकलन गरेको भए पनि चार न्यायाधीशविरुद्ध महाभियोग प्रस्ताव ल्याउने होइन,’ नेता तामाङले भने, महाभियोगको प्रस्ताव ल्याउँदैनौँ । ’
तर,यसमा एमाले द्वन्द्व बढाउने पक्षमा नरहेको नेता तामाङले बताएका हुन् । प्रधानन्यायाधीश जबराविरुद्ध ल्याएको महाभियोग प्रस्ताव फिर्ता हुनसक्ने पनि नेता तामाङको विश्वास छ । उनले दोस्रो पटक विघटित प्रतिनिधिसभा पुनर्स्थापित गर्न आदेश दिएका सर्वाेच्च अदालतका चार न्यायाधीशविरुध्द एमालेले महाभियोग प्रस्ताव नल्याउने पनि प्रष्ट पारे ।
‘सांसदहरूको हस्ताक्षर संकलन गरेको भए पनि चार न्यायाधीशविरुद्ध महाभियोग प्रस्ताव ल्याउने होइन,’ नेता तामाङले भने, महाभियोगको प्रस्ताव ल्याउँदैनौँ । ’
टिप्पणीहरू