कांग्रेसले पनि बोलायो संसदीय दलको बैठक
सत्तारुढ नेपाली कांग्रेसले संसदीय दलको बैठक बोलाएको छ । भोलि बिहान ९ बजे संघीय संसद भवन नयाँबानेश्वरको ल्होत्से हलमा बस्ने गरी बैठक बोलाइएको हो ।
प्रधानन्यायाधीश चोलेन्द्रसमशेर राणाविरुद्ध संसदमा दर्ता महाभियोग प्रस्तावपछि उत्पन्न राजनीतिक परिस्थिति र एमसीसीको विषयमा बैठकमा छलफल हुने बताइएको छ ।
कांग्रेसका सहित सत्तापक्षका ९८ सांसदले हिजो प्रधानन्यायाधीशलाई महाभियोग प्रस्ताव दर्ता गरेसँगै राजनीतिक वृत्तमा तरंग फैलिएको छ । अहिले प्रतिपक्ष एमालेको पनि संसदीय दलको बैठक बसिरहेको छ । यस्तै केही समयपछि सभामुखले बोलाएको सर्वदलीय बैठक पनि बस्दैछन् ।
टिप्पणीहरू