जनयुध्द दिवशको सम्झनामा दिप प्रज्वलन
नेकपा माओवादी केन्द्रको भातृ संगठन अनेरास्ववियू क्रान्तिकारी र वाइसीएल पाँचथरले संयुक्त दीप प्रज्वलन गरि २७औँ जनयुद्व दिवश मनाएका छन् । सदरमुकाम फिदिम बजारको गणतन्त्र चोकमा भेला भइ उनीहरुले जनयुद्व दिवशको स्मरणमा दीप प्रज्वलन गरेका हुन् ।
२०५२ साल फागुन १ गतेदेखि जनयुद्ध थालेको दिनको स्मरणमा माओवादीहरुले जनयुद्ध दिवस मनाउने गरेका छन् ।
टिप्पणीहरू