जंगीअड्डामा यूएईका राजदूत

जंगीअड्डामा यूएईका राजदूत

नेपालका लागि युनाइटेड अरब इमिरेट्स (यूएई) का राजदूत सयिद हमदान अल नाक्बीले प्रधानसेनापति प्रभुराम शर्मासँग शिष्टाचार भेट गरेका छन् । नाक्बीले आज सैनिक मुख्यालय जंगीअड्डामा प्रधानसेनापति शर्मासँग भेट गरेका हुन् ।

भेटघाटमा द्विपक्षीय हित तथा पारस्परिक सम्बन्धका विषयमा छलफल भएको बताइएको छ । ‘यस किसिमको भेटघाटले दुई देशबीचको आपसी सम्बन्ध सुमधुर एवं प्रगाढ बनाउन थप मद्दत पुग्ने विश्वास नेपाली सेनाले लिएको छ,’ नेपाली सेनाको जनसम्पर्क तथा सूचना निर्देशनालयद्वारा आज जारी विज्ञप्तिमा उल्लेख छ ।

टिप्पणीहरू