याक एण्ड यति होटल बन्द गर्न गृह पनि कस्सियो
गृह मन्त्रालयले याक एण्ड यति होटल र क्यासिनो बन्द गराउन जिल्ला प्रशासन कार्यालयलाई निर्देशन दिएको छ । मन्त्रालयले हिजो काठमाडौँ जिल्ला प्रशासनलाई पत्र लेखेर पर्यटन मन्त्रालयबाट भएको निर्णय कार्यान्वयनका लागि आवश्यक कारबाही अघि बढाउन निर्देशन दिएको हो ।
संस्कृति,पर्यटन तथा नागरिक उड्डयन मन्त्री प्रेम आलेले गत माघ २६ गते मन्त्रीस्तरीय निर्णयबाट ४२ करोड राजश्व नतिर्ने याक एण्ड यति होटलको पाँचतारे वर्गिकरण रद्द गर्दै क्यासिनोको लाइसेन्स पनि खारेज गर्नुभएको थियो । साथै, मन्त्रालयले चलअचल सम्पत्ति रोक्का गरेर होटल बन्दको निर्णय गरेको थियो ।
होटलको नाममा बैंक तथा वित्तीय संस्थामा रहेको कारोबार पनि रोक्का गर्ने मन्त्रालयको निर्णय थियो । सोही निर्णय कार्यान्वयन गर्न गृह मन्त्रालयले प्रशासनलाई निर्देशन दिएको हो ।
टिप्पणीहरू