सही गर्न नमान्दाको त्यो सवाल जवाफ
* विषय के हो ?
# त्यो त पछि आउँदै गर्छ नि !
* ए, त्यसो भए हस्ताक्षर पनि पछि नै आउँछ है !
मुलुकको अन्तर्राष्ट्रिय सम्बन्धमा विद्यावारिधी गरेका एमाले सांसद डा.दिपकप्रकाश भट्ट र संसदका कर्मचारीबीच सोमबार चलेको सवालजवाफ हो यो ।
ती कर्मचारी पुगे, कानुनमा स्नातकोत्तर गरेका अर्का सांसद झपट रावलनजिकै । उनले सोधे, ‘किन सही गर्ने ?’ कर्मचारीले भने, ‘त्यो त थाहा छैन !’ अनि, झपटले भने, ‘म सूचनाको हक (राइट टु इन्फर्मेशन) सम्बन्धी कानुन नै बनाउनुपर्छ भन्ने मान्छे, आफैँले बिनासूचना खालि कागजमा सही गर्न मिल्छ ? मिल्दैन !’
यी सहित अन्तर्राष्ट्रिय सम्बन्ध समितिकी सभापति पवित्रा खरेल निरौला, एमसिसी अध्ययन कार्यदलको सदस्य रहेका डा.भीम रावल र घनश्याम भुसालले अस्ति सोमबार संसदीय दलको बैठकमा व्यहोरा नखुलाइएको सबै ६ वटा कागजमा हस्ताक्षर गरेनन् ।
बुझन् गाह्रो थिएन, त्यो हस्ताक्षर कि चार न्यायाधीशविरुद्धको महाभियोग कि सभामुखविरुद्ध आचरणअनुकूल व्यवहार प्रदर्शन नगरेको उजुरीका निम्ति प्रयोग हुँदै थियो ।
तर, आफ्नै शीर छेदन गर्ने कागज हो भने पनि हस्ताक्षरजस्तो चिज थाहा नपाई गर्नु हुँदैन भन्दै उनीहरू त्यसबाट अलग भएको बताइन्छ ।
टिप्पणीहरू