अखिल अध्यक्ष पराजुली समातिए, वाइसिएल नेता घाइते

अखिल अध्यक्ष पराजुली समातिए, वाइसिएल नेता घाइते

नेकपा (एकीकृत समाजवादी) निकट विद्यार्थी संगठन अनेरास्ववियूका अध्यक्ष सुदेश पराजुली नयाँ बानेश्वरबाट समातिएका छन् । अमेरिकी सहयोग परियोजना एमसीसीको विरोधमा प्रदर्शनका क्रममा उनलाई प्रहरीले समातेको हो ।

प्रदर्शनकै क्रममा माओवादी निकट युवा संगठन वाइसिएलका संयोजक सुमन देवकोटा भने घाइते भएका छन् ।

एमसीसीसम्बन्धी प्रस्ताव आज संसद् बैठकमा टेबुल हुने भनिएपछि विभिन्न दल निकट युवा विद्यार्थी संगठनहरूले प्रदर्शन गरेका थिए । तर,आज एमसीसी सदनमा पेश भने भएन ।

टिप्पणीहरू