जोन्सन लगाएकाले बुस्टर लगाउन मिल्ने

जोन्सन लगाएकाले बुस्टर लगाउन मिल्ने

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जोन्सन अर्थात जे एण्ड जे खोप लगाएकाले पनि बुस्टर डोज लगाउन मिल्ने बताएको छ । मन्त्रालयअन्तर्गत परिवार कल्याण महाशाखाले ७७ वटै जिल्लाका स्वास्थ्य कार्यालयहरुलाई परिपत्र गर्दै सो विषयमा जानकारी दिएको हो ।

पहिलो मात्रा लगाए पुग्ने भनिएको जे एण्ड जे खोप लगाएका सर्वसाधारणहरुले के गर्ने भन्ने जिज्ञासा गरेपछि महाशाखाले परिपत्र गर्दै स्पष्ट पारेको हो । महाशाखाका अनुसार अन्य खोप लगाएको जस्तै १८ वर्ष पूरा भई जे एण्ड जे खोप लगाएका व्यक्तिले ६ महिना पुगेपछि बुस्टर मात्रा लगाउने मिल्नेछ ।

पाएसम्म जे एण्ड जे नै लगाउन महाशाखाले सुझाव पनि दिएको छ । नपाएमा भने जे एण्ड जे लगाएका व्यक्तिले ६ महिना पुगेपछि बुस्टर मात्राका रुपमा कोभिशिल्ड, अस्ट्राजेनिका, मोडर्ना वा फाइजर खोप लगाउन सकिने महाशाखा भनेको छ ।

टिप्पणीहरू