राष्ट्रिय खेलाडीमाथि किर्तेको आरोप पुष्टि

राष्ट्रिय खेलाडीमाथि किर्तेको आरोप पुष्टि

नेपाली राष्ट्रिय फुटबल टोलीका पूर्वकप्तान हरि खड्का किर्ते मुध्दामा दोषी ठहरिएका छन् । आज बिशेष अदालतले उनलाई दोषी ठहर गरेको हो ।

पूर्वकप्तान खड्काले नेपाल प्रहरीमा बढुवा हुनका लागि नक्कली शैक्षिक प्रमाणपत्र पेश गरेको भन्दै उनीविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले २०७८ माघ १२ गते मुद्दा दर्ता गराएको थियो । मुद्दाको सुनुवाईपछि आज बिशेष अदालतका न्यायाधीशहरु अब्दुल अजिज मुसलमान र नित्यानन्द पाण्डेको इजलासले खड्काले बढुवाका लागि पेश गरेका प्रमाणपत्र नक्कली भएको ठहर गरेको हो ।

खड्का दोषी देखिएपछि उनलाई अदालतले ५ हजार रुपैयाँ जरिवाना तोकेको छ । उनी माध्यमिक शिक्षा परिषद् बाराणसीबाट जारी भएको कक्षा १२ को आइए तहको प्रमाणपत्र पेश गरेर प्रहरी सहायक निरीक्षक पदमा नियुक्त भएका थिए । २०५५ कात्तिक १ गते असई पदमा नियुक्त भएका उनी २०५९ को पुस १४ गते प्रहरी नायब निरीक्षकमा बढुवा भएका हुन् ।

खड्का एक जमानाको चर्चित फुटबल खेलाडी हुन् ।

टिप्पणीहरू