भारतमा एकैचोटि ३८ जनालाई फाँसीको सजाय

भारतमा एकैचोटि ३८ जनालाई फाँसीको सजाय

भारतको गुजरात विशेष अदालतले ३८ जनालाई फाँसीको सजाय सुनाएको छ । १४ वर्षअघि भएको एक श्रृंखलाबद्ध बम विष्फोटको घटनामा संलग्न ३८ जनालाई अदालतले फाँसीको सजाय सुनाएको हो ।

अन्य ११ जनालाई आजीवन कैदको सजाय सुनाइएको छ । ७७ जना आरोपीमध्ये ४९ जना दोषी ठहर भएका छन् भने २८ जनाले सफाइ पाएका छन् ।

सन् २००८ को जुलाई २६ तारिखको दिन अहमदावादको मणिनगरमा भएको बम विष्फोटमा ५६ जनाको मृत्यु भएको थियो भने २०० बढी घाइते भएका थिए । १३ वर्षदेखि चलेको सुनुवाइको क्रममा १ हजार एक सय ६३ जनाको बयान लिइएको थियो ।

प्रहरी र कानुन व्यवसायीहरुले ६ हजार भन्दा बढी प्रमाण जुटाएका थिए । यो विष्फोट इण्डियन मुजाहिदीनले गराएको प्रहरी अधिकारीहरुले जनाएका छन् ।

यो घटनामा मृत्यु भएका परिवारका सदस्यलाई एक लाख, गम्भीर घाइतेलाई ५० हजार र सामान्य घाइतेलाई २५ हजार रुपैयाँको दरले राहत दिन पनि अदालतले आदेश दिएको छ ।

टिप्पणीहरू