खोलो तरेपछि लाैरो बिर्सनेलाई गिज्याउँदै रक्तदान कार्यक्रम
तीनै तहका सरकारी निकाय उदासीन भए पनि राष्ट्रिय प्रजातन्त्र दिवस मनाउन नागरिक संस्था अघि सरेका छन् । सरकारीतवरबाट उदयपुरमा ७२ औ राष्ट्रिय प्रजातन्त्र दिवसको अपेक्षा गरिए पनि नागरिक संस्थाहरूको पहलमा रक्तदान दान कार्यक्रम गरेर मनाइएको छ ।
कार्यक्रममा पहिलो रक्तदाताको रूपमा २९ औ पटक रक्त दान गरेका वेदप्रसाद गौतमले रक्तदान गरेक थिए । कार्यक्रममा ३० जनाले रक्तदान गरेका छन । प्रमुख अतिथिका रुपमा त्रियुगा नगरपालिकाका उपप्रमुख देवीकुमारी चौधरीले रक्तदाताहरू सबैलाई धन्यवाद दिदैं रक्तदान सबैभन्दा पुण्य काम भएको बताउनु भयो । त्रियुगा उद्योग वाणिज्य संघको आयोजनामा सञ्चालित रक्तदान कार्यक्रममा जेसीआई, उदयपुर सुनचाँदी व्यवसायी संघ,घरेलु तथा साना उद्योग महासंघ, उदयपुर साईकिलिङ संघ, नेपाल काष्ठ फर्निचर व्यवसायी संघ र जीवन विज्ञान परिवारले सहयोग गरेको छ भने प्राविधिक सहयोग नेपाल रेडक्रस सोसाइटी उदयपुरले उपलब्ध गराएको थियो ।
वाणिज्य संघ गाईघाटको सभा कक्षमा आयाेजित रक्तदान कार्यक्रममा सहभागी सबैलाई फलफूल वितरणसमेत गरिएको थियो । संघका अध्यक्ष रमेशकुमार रसाइलीको अध्यक्षतामा सञ्चालित कार्यक्रमकाे उद्घोषण दीनेश श्रेष्ठले गरेका थिए । यस वर्ष उदयपुरको जिल्ला समन्वय समितिले प्रजातन्त्र दिवस मनाउने कार्यक्रम सार्वजनिक गरेको छैन । त्यसैगरी आठ पालिकाले पनि औपचारिक कार्यक्रम गरेक छैनन् ।
टिप्पणीहरू