विभाजनको बिजोग

विभाजनको बिजोग

दल विभाजनका कारण जनमत कति विभाजित छ भन्ने त चुनावले देखाउला तर अहिले एमाले विभाजित भएर निर्मित एकीकृत समाजवादी पेशागत फाँटमा भने हामी कमजोर छँदै छैनौं भनेर छाती ठोकिरहेको छ ।

निजामती कर्मचारीमध्ये त्यतातिर सचिव, सहसचिव र उपसचिवसहित ट्रेड युनियन अधिकार नपाउने माथिल्लो तहका कर्मचारीको संख्या एक सय २२ रहेछ । संवैधानिक नियुक्तिमा भएका कारण कतिपयले पार्टी सदस्यता नवीकरण गरेका छैनन् ।

पूर्वसचिव रुपनारायण भट्टराई, सुदर्शन ढकाल, राजश्व सचिवबाट अवकास पाएका रामशरण पुडासैनी, भर्खरै प्रम कार्यालयबाट अवकास पाएका सचिव शिशिर ढुंगानासहित थुप्रैले एउटा कित्ता रोजिसकेका छन् । ११ जना सचिवले सदस्यता रसिद काटेका छन् ।

एमालेको निजामती इलाकामा रहेका ११ देखि १२ सय पार्टी संगठित सदस्यमध्ये आधाजतिको कित्ताकाट भएको र धेरैजना पर्ख र हेरको स्थितिमा रहेको उक्त फाँटका नेता भोला पोखरेलले बताए । त्यस्तै, शम्भु थापा, प्रा.डा.युवराज संग्रौला, गोविन्द बन्दीसहित एमाले पृष्ठभूमिका थुप्रैै वकिल समाजवादीतिर छन् ।

ओली पक्षकोे पेलानमा परेर एमालेमा टिक्न नसक्दा यता न उता भएका पिपिएलएका अध्यक्ष रुद्र नेपालको निस्क्रियताका कारण समाजवादीले वकिलहरूको संगठन निर्माण गर्न सकिरहेको थिएन । अब पर्सी १४ गतेको भेलाले पिपिएलका कोषाध्यक्ष डेकेन्द्र सुवेदीको अध्यक्षतामा एकीकृत कानुन व्यवसायी संगठन निर्माण गर्न लागेको छ ।

टीकाराम भट्टराई विभाजनमा सरिक हुन्न भन्दै बसेका छन् । उनी रमेश बडालको पेलानमा परे पनि समाजवादीमा गइसकेका छैनन् । समाजवादीमा वित्तीय तथा बैंकिङ क्षेत्र र विश्वविद्यालय कर्मचारीको आकर्षण भने कम रहेको बताइन्छ ।

टिप्पणीहरू