रुसमाथि अनेक प्रतिवन्ध,खेल खेल्नै रोक

रुसमाथि अनेक प्रतिवन्ध,खेल खेल्नै रोक

विश्व फुटबलको सर्वोच्च निकाय फिफा र युरोपियन फुटबल निकाय युइएफएले रुसी टोलीलाई क्लबस्तरीय र अन्तर्राष्ट्रिय सबैखाले प्रतियोगितामा प्रतिबन्ध लगाउने निर्णय गरेका छन् । फिफा र युइएफएले विश्वकप २०२२ र महिला युरोपियन च्याम्पियनसिप २०२२ मा सहभागिताको लागि इन्कार गर्दै सबैखाले अन्तर्राष्ट्रिय प्रतियोगितामा रुसी टोलीलाई प्रतिबन्ध लगाएका हुन् ।

युइएफएले रुसको राज्य नियन्त्रित गाज्प्रोमसँगको सम्बन्धसमेत तोडेको छ । गाज्प्रोम युरोपियन च्याम्पियन्स लिगको मुख्य प्रायोजक हो । यसअघि रुसले आगामी खेलहरु फुटबल युनियन अफ रुस (आरएफयू) को रुपमा खेल्नुपर्ने विश्व फुटबलको सर्वोच्च निकाय फिफाले जनाएको छ ।

रुसका राष्ट्रपति भ्लादिमिर पुटिनले छिमेकी मुलुक युक्रेनविरुद्ध सैन्य कारवाही अघि बढाएपछि फिफाले यस्तो निर्णय गरेको हो । अस्ति फिफाले रुसका आगामी खेलहरु रसियन झन्डामा नभई आरएफयूको तटस्थ ब्यानरमा खेल्नुपर्ने निर्णय गरेको हो ।

फिफाले रुसमाथिको प्रतिबन्ध बढाउँदै गर्दा युरोपियन फुटबलले यसअघि नै च्याम्पियन्स लिगको फाइलन सेन्ट पिटर्सबर्गमा नगर्ने निर्णय गरिसकेको छ । यस्तै, पोल्यान्ड, स्विडेन र चेक गणतन्त्रले संयुक्त रुपमा रुसमा खेल्न अस्वीकार गरेका छन् ।

टिप्पणीहरू